२२ असार २०७९, बुधबार

स्वयम्भूमा आगलागी हुदा ३० लाख क्षति

२०७४,पुष,२९,शनिवार ०४:५७

0
Shares

काठमाडौँ, २९ पुस । काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिए आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुगेका थिए । घटनामा मानवीय क्षति भने भएको छैन ।

प्रकाशित मिति: २०७४,पुष,२९,शनिवार ०४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । बुधबार

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा एक घरबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी भएका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फुलबारी टोलस्थित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने

ताजा समाचार

अरिङगालले टोकेर बालकको मृत्यु
 २०७९,असार,२२,बुधबार १८:४८
आज ११३ जनामा कोरोना संक्रमण पुष्टि
 २०७९,असार,२२,बुधबार १७:३६