राजविराजको बजेट ५९ करोड

सप्तरी, २९ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक समृद्धि एवं विकासका लागि सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् राजविराज नगरपालिकाको प्रथम नगरसभाको शुक्रबार उद्घाटन गर्दै यादवले राष्ट्रियताको सवालमा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए अधिकारसँगै विकास र निर्माणलाई अगाडि बढाए मात्र समाजको विकास हुने बताउँदै उहाँले आगामी दिनमा संविधान संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए मुलुककै पुरानोमध्ये एक र भारतको गुलाबी शहर जयपुरको नक्शामा आधारित नगर योजनानुरुपको शहर राजविराज नगरपालिकाको पहिलो नगरसभामा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आव २०७५–०७६ का लागि रु ५८ करोड ७२ लाख ७४ हजार ८७२ बराबरको बजेट प्रस्तुत गए सभामा प्रदेशसभा सदस्यद्वय मनिषकुमार सुमन र शैलेन्द्रप्रसाद साह, सप्तरीका प्रजि भागीरथ पाण्डेयलगायतल छुट भएका अन्य शीर्षकलाई आगामी दिनमा विस्तारै समायोजन गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?