नेपाली–जापानी गरी १४ लोकधुन प्रस्तुत

काठमाडौँ, २९ पुस । नेपाल र जापानका कलाकारले ‘चौतारी साँझ–२०७४’ कार्यक्रममा नेपाली र जापानी गरी १४ लोकधुन प्रस्तुत गरेकाक छन् सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका माध्यमबाट नेपाली गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील चौतारी ब्याण्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले लोकधुन प्रस्तुति दिएका हुन् लामाद्वयले बाँसुरी र तबलाको धुन ‘जर्नी थ्रु  द लाइट’ शीर्षकमा प्रस्तुति दिँदा मित्सिगुले गीतारमा साथ दिएका थिए । उक्त कार्यक्रममा ‘टोकियो नाइट धुन’ समेत प्रस्तुत गरिएको थियो यस्तै ‘द हिमालयन’, ‘लाम्बादा’, ‘डान्सिङ बर्ड’, ‘क्याराभान’, ‘वनचरी’, ‘ए कान्छा’लगायत शीर्षकका गीतमा तीनै कलाकारले लोकधुन प्रस्तुत गरेका थिए नेपाली र जापानी संगीतलाई एकै थलोमा प्रस्तुत गर्न चौतारी साँझ आयोजना गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । चौतारी साँझबाट संकलित रकम सर्लाहीको हरिवन नगरपालिका– ५ स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहका लागि प्रदान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?