१२ असार २०७९, आईतवार

देउवालाई प्रचण्डका चार आरोप

२०७४,पुष,२९,शनिवार ०२:३०

0
Shares

काठमाडौं, २९ पुस – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई चार आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई सरकारबाट बाहिरिदै गर्दा बुझाएको पत्रमा आरोप लगाएका हुन्निर्वाचन सम्पन्न भएर ताजा जनादेशसमेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाट नयाँ जनादेश अनुरुप सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको पहिलो आरोप प्रचण्डले देउवालाई लगाएका छन्पत्रमा प्रधानमन्त्री देउवालाई नयाँ सरकार गठनको लागि अविलम्ब पहल गर्नु पर्ने त्यसमा ठोस कदम नचाली ढिलासुस्ती गरेको भन्दै आलोचनासमेत गरिएको छ। देउवा सरकारले राजस्व दुरुपयोग गरेको, काम चलाउनु सरकारले गर्न नमिल्ने नियुक्तिलगायतका अतिरिक्त निर्णय गरेको आरोप राजीनामा पत्रमा रहेको छ। सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजिकरणको लोकतान्त्रिक भूमिका निर्वाह गर्ने अपेक्षा माओवादीले गरेको छराजीनामा पत्रमार्फत् प्रचण्डले विनाविभागीय भएर चार महिनासम्म चुनाव सफल बनाउन सरकारमै रहेको स्पष्टिकरण दिएका छन्। असोज १७ गते एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि देउवाले माओवादी मन्त्रीलाई जिम्मेवारी बिहिन बनाएका थिए। वाम तालमेल गरेर चुनावमा सहभागी भएका एमाले र माओवादी अहिले पार्टी एकताको गृहकार्यमा छन्देउवामाथि प्रचण्डका चार आरोप-जनादेशको सम्मान नगरेको,-सरकार छाड्न ढिला सुस्ती गरेको,-राजश्वको व्यापक दुरुपयोग गरेको,-काम चलाउ सकारले दीर्घकालीन निर्णय गरेको।

प्रकाशित मिति: २०७४,पुष,२९,शनिवार ०२:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५