जब आसिफ शाहले घामड शेरेको प्रचारमा देउवाको लेटेस्ट फोटो अपलोड गरे …

काठमाडौं । आसिफ शाह निकै रुचाइएका नायक हुन् । उनले पछिल्लो पटक नेपाल आईडल सिजन २ पनि होस्ट गरेका थिए ।
स्टाईलिस्ट उनका फ्यानहरु पनि धेरै नै छन् । तर मानिसले आवेगमा संयम गुमायो भने धेरै चिज बिगार्छ भन्ने उखान चरीतार्थ गरेका छन् उनले ।

हक्की स्वभावका उनले हँसाउनको लागि मात्रै भन्ने सोँचका साथ हावा तालमा फेसबुकमा राखेको एउटा तस्विरका कारण उनले निकै आलोचना खेप्नुपर्यो । कलाकार शाहले चलचित्र ‘घामड शेरे’ को प्रचार गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादमा मुछिएका छन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको एक रीसाह तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यही पोस्टलाई आधार बनाउँदै नेपाली काङ्ग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलले आसिफ शाहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध जनाएका छन् । त्यसैले उनले यो विषयलाई लिएर निकै तनाव झेल्नुपर्यो । पछि उनले आफ्नो कारणबाट गल्ती भएको भन्दै माफि मागेको अर्को पोस्ट पनि गर्नुपरेको थियो । भन्छन् नि दुख पाईस् मंगले आफ्नै ढंगले । यो कुरा बेलैमा बुझेको भए आसिफलाई यो फसाद् पर्दैनथ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?