पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित ५ जना कतारमा पक्राउ

काठमाडौं , २८ पुस -नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र प्रेस काउन्सिलका सदस्य खिला भण्डारी लगायत पाँच जना कतारमा पक्राउ परेका छन् ।

नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा सहभागी उनीहरूलाई कतारी सीआइबीले महासंघका एक अधिकारीले बताए ।  उनीहरू शुक्रबार  करिव ३ बजेतिर  पक्राउ परेका हुन् । उनीहरुको रिहाईका लागि कतारस्थीत नेपाली दूतावासले पहल गरिरहेको जनाइएको छ ।  पक्राउको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?