अपडेट : सामान्य सोधपुछपछि पत्रकार छाडिए

काठमाडौं , २८ पुस -नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र प्रेस काउन्सिलका सदस्य खिला बहादुर भण्डारी लगायत पाँच जना कतारी सुरक्षा निकायको केही घन्टाको नियन्त्रण पछि छाडिएका  छन् ।

नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा सहभागी उनीहरूलाई कतारी सीआइबीले नियन्त्रणमा लिएको  महासंघका एक अधिकारीले बताए । शुक्रबार  करिव ३ बजेतिर नियन्त्रणमा परेका उनीहरूलाई झण्डै २ घन्टापछि छाडिएको बताइएको छ यसैबीच काउन्सीलका सदस्य भण्डारीले कतारी अधिकारीले आफुहरु संग सामान्य जानकारी मात्रै मागेको बताएका छन् । उनले सामाजिक संजालमा भनेका छन् – सामान्य जानकारी मागेकाे हाे, प्रचार गरेजस्ताे केही पनि हैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?