मनाङ सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा 

काठमाडौं, २८ पुस–डिफेन्डिङ् च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले रुपन्देही–११ लाई ४–० गोल अन्तरले पराजित गरी धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ आज रुपन्देहीमाथि सहज जित दर्ता गर्दै मनाङ मस्र्याङ्दी अन्तिम चारमा अटाएको हो लज्जास्पद् हारसंगै रुपन्देहीको चुनौती समाप्त भएको छ । यो संगै खप्तड गोल्डकपमा सेमिफाइनलमा प्रवेश गर्ने चार वटै टिमको टुङ्गो लागेको छ आयोजक सुदूरपश्चिम–११, एपीएफ, त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् आज क्षेत्रीय रङ्गशालामा भएको खेलमा १९ औं मिनेटमा विदेशी खेलाडी भिक्टरको गोलबाट अग्रता लिएको मनाङ मस्र्याङ्दीले खेल अवधिभरी नै रुपन्देहीलाई दबावमा राखेको थियो पहिलो हाफमा एक गोलमात्रै खाएको रुपन्देहीले दोस्रो हाफमा आत्मघाती गोल थपेको थियो । ५५ औं मिनेटमा छिरिङ गुरुङ मार्फत रुपन्देहीले आत्मघाती गोल खाएको हो खेलको ८३ औं मिनेटमा विशाल राईले गोल थप्दै अग्रता तेब्बर पारे ।  रुपन्देही दबावमा परेको मौका छोपेर ८४ औं मिनेटमा विमल रानाले चौथो गोल थप्न सफल भए म्यान अफ द म्याचको उपाधि भने विदेशी खेलाडी भिक्टरले प्राप्त गरे । उनले नगद १० हजार रुपिया पुरस्कार प्राप्त गरे । रुपन्देहीका प्रतिनिधि दिलीप क्षेत्रीले आफ्नै गल्तीका कारण टिमले बढी गोल खाएर पराजय भोगेको बताए त्यस्तै, मनाङ् मस्र्याङ्दीका प्रशिक्षक हेमन्त आलेले खेलाडीबीच भएको राम्रो तालमेलले सहज रुपमा खेल जितेको प्रतिक्रिया दिए डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीले अब फाइनल प्रवेशका लागि शनिवार आर्मीको सामना गर्नेछ ।    यसैगरी, आइतवार फाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ र एपीएफबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?