यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा स्थिरता छाएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार २ सय कायम भइ कारोबार भएको थियो । त्यस्तै आइतवार पनि त्यहि मुल्य अर्थात ७१ हजार २ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य ७० हजार ९ सय रहेको छ ।

साथै साताको पहिलो दिन आज आइतवार चाँदीको मुल्यमा पनि स्थिरता छाएको छ । शुक्रवार प्रतितोला चाँदीको मुल्य ८ सय ७० रुपैयाँ रहेको थियो । भने आइतवारपनि त्यहि मुल्य अर्थात ८ सय ७० रुपैयाँ नै कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?