आजको लागि विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यसैगरी यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा तोकेको छ ।

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?