विभागद्वारा गुणस्तर स्वीकृत

काठमाडौं, २८ पुस– नेपाल गुणस्तर परिषदको ९६ औं बैठकले २ उत्पादनको गुणस्तर स्वीकृत गरेको छ शुक्रबार उद्योगमन्त्री सुनील बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले एनएस/आईएसओः २००६ टेक्सटाइल क्वान्टेटिभ केमिकल एनलाइसिस पार्ट १, २,३,४,५,७,८,११,१२,१५,१८,१९,२०,२१ र २५ तथा रबर हाउस पाइप फर एलपीजी स्पेसिफिकेसनको गुणस्तर स्वीकृत गरेको नेपाल गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जारी दिए एनएस–आईएसओः २००६ टेक्सटाइल क्वान्टेटिभ केमिकल एनलाइसिसलाई स्वीकृति दिँदा टेमक्सटाइल प्रयोग भएको सेन्टेटिक तथा प्राकृतिक फाइवरहरुको मिश्रणको विश्लेषणमा सहयोग पुग्ने विभागले विश्वास लिएको छ रबर हाउस पाइप फर एलपीजी स्पेसिफिकेसनलाई स्वीकृति दिँदा खाना पकाउने ग्यासमा प्रयोग हुने पाइपसम्बन्धी नयाँ गुणस्तर हुने भएकाले एलपीजीसम्बन्धी दुर्घटनाको न्यूनिकरण गर्न सहयोग पुग्ने विभागले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?