काठमाडौं । धनुषामा सवारी दुर्घटनामा परि पूर्व सांसद राम लखन महतोको मृत्यु भएको छ ।
शुक्रवार धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ स्थित विश्वकर्मा चोकमा यात्रुबाहक बसको ठक्करबाट तत्कालीन नेकपा एमालेबाट २०५१ मा निर्वाचित ६० वर्षिय सांसद रामलखन महतोको मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।
साईकलमा सवार पूर्व सांसद महतोलाई विश्वकर्मा चोकमा विपरीत दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिदाँ घाइते भएका सांसद महतोको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक खनालले जनाए ।
ठक्कर दिने यात्रुबाहक बस र चालक प्रहरी नियन्त्रणमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया