‘जाउँ हिँड मैच्याङ’ भन्दै निराजनले यसरी भगाए एलिसालाई

काठमाडौं, २८ पुस । नेपाली चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो । ‘जाउँ हिँड मैच्याङ’ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ https://youtu.be/yrJxxaatDGs 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?