काठमाडौंको नाग पोखरी र गौरीघाटमा छठकाे भब्य तयारी (१९ तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । छठ पर्वको मुख्य दिन शनिवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिनुअघि काठमाडौंको गौरीघाटमा भब्य तयारी गरिदैँछ । चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ बिहीवारबाट शुरु भएको हो ।

तिहार समापनको एक दिनपछि शुरु हुने महापर्व छठमा ठेकुवा, भुसुवा, पुरी र खाजालगायतका लोकप्रिय प्रसादहरु पूर्ण शुद्धताकासाथ चढाइने गरिन्छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराई-मधेशमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व वि.सं. २०४६ पछि काठमाडौँमा मनाउन थालिएको हो।

विसं २०६३ पछि भने काठमाडौँको गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ ।

काठमाडौंको नाग पोखरी र गौरीघाट क्षेत्रमा छठकाे भब्य तयारी गरिदैँ छ ।

हेर्नुहोस लोकपथको लेन्सबाट जे देखियो :

तस्वीर: बिप्लव जमकटेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?