अघोरी बाबाको हत्या, १ सय ३६ जना मानिसको लाश खाएको रहस्य खुल्यो !

काठमाडौं । मानिसले पनि अर्को मृत शरीर खान सक्ला ? यो धेरै मानिसको मनमा उब्जने प्रश्न हो । तर हामी पढ्दै सुन्दै आएका छौँ अघोरी बाबाले चितामा जलिरहेको लाश झिकेर खान सक्छन् । हो, अघोरी बाबाले जलिरहेको लाश पानीमा पखालेर शरीरका महत्वपूर्ण अंग खाएपश्चात उनको हत्या भएसँगै यो कुरा प्रमाणित भएको छ ।

घटना भारतको हो, भारतको मुरादावादमा एक जना अघोरी बाबाको हत्या भएको छ । दिपावलीको दिन उनको हत्या भएको हो । भारतको मुरादावादमा ति अघोरी बाबाको हत्या भएपछि उनी र चेलाले अहिलेसम्म १ सय ३६ जना मानिसको मृत शरीर टुक्राटुक्रा बनाएर लुछेको रहस्य खुलेको छ । जब मलामीहरु मृत शरीर आगोमा राख्थे र पाखामा बस्थे ति अघोरीहरु लाश पानीमा चोपेर पखाल्थे र महत्वपूर्ण अंगहरु खान थाल्थे ।

ति अघोरीको हत्याको कारण पनि उनले जल्दै गरेको लाश निकालेर खाएको कारण भएको खुलाशा भएको छ ।

भएको के थियो ?

एक युवतिको मृत शरीर चितामा जल्दै थियो । अघोरी बाबाले त्यो लाश निकालेर खान थाले । मलामी गएका युवतीको भाईले त्यो दृश्य देखिरहेका थिए । तत्कालै उनले त्यो लाश खाने व्यक्ति र उसका चेलाहरुलाई मारिदिएका थिए । पछि प्रहरीले उनलाई हत्या आरोपमा पक्राउ गरी बयान लिन थाल्दा यो कुरा बाहिर आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । तन्त्र विद्या साधनाका लागि भन्दै उसले यसरी लाश सेलाउन हालेर खाने गरेको रहेछ ।

केहि समय अगाडी नेपालको पोखराको रामघाटस्थित तुलसी घाटमा मान्छेको मासु खाने अघोरी बाबा भेटीएका थिए । एक अनलाईमा अन्तर्वार्ता दिँदै उनले भनेका थिए, ‘शान्ती कही पाइन त्यसैले यसरी हिडे,’ अहिले कहिले रामघाट बस्छु, कहिले बाग्लुङ बस्छु, कहिले मुक्तिनाथ बस्छु । मान्छेको मासु खान्छु, खोलाले बगाएर ल्याएको सडेको गलेको हुनसक्छ, अनि जलाउँदा जलाउँदैको मासु खान्छु, मसानसँग खेल्छु मसानघाटमा नै बस्छु ।”

१८ वर्ष भयो यसरी हिडेको । मलाई कसैको पनि डर लाग्दैन । मसान त मेरो साथी हो । यो जस्तो आनन्दा कहाँ हुन्छ र जीवनमा । म भुतनाथ हो । म आफैले राखेको नाम हो भुतनाथ । मलाई भुत त केही लाग्दैन, मेरो साथी हुन् सबै । १८ बर्ष अगाडीदेखी घर बार सबै छोडेर हिडेका यि भुतनाथ बाटोमा आगो बालेर खानेकुरा पकाएर खान्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?