१२ असार २०७९, आईतवार

महानगरपालिका उपप्रमुख खड्गीलाई धुलो र मास्क उपहार

२०७४,पुष,२८,शुक्रवार १०:३६

9
Shares

काठमाडौँ, २८ पुस । नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाँै सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् नेवि संघका उपाध्यक्ष नवीन राईले धुलो र धुवाँ काठमाडौँका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताउनुभयो । “धुवाँ र धुलो नहटेसम्म हामी निरन्तर आन्दोलन गछौँ”, उनले भने नेवि संघ उपाध्यक्ष उर्मिला थपलियाले स्वच्छ काठमाडौँ निर्माण गर्न महानगरले अनावश्यक कर उठाउने तर काम नगर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारीका लागि धर्ना अभियान सञ्चालन गरिएको बताए नेवि संघका नेता दीपक भट्टराईले महानगरलाई नमूना बनाउने अधिकार पाएको महानगर नै धुलो र धुवाँ हुँदा पनि चुप लागेर बसेकाले नेविसंघले खबरदारी अभियान चलाएको स्पष्ट पारे नेविसंघ काठमाडौँ अध्यक्ष मनोज वैद्यले स्थानीय सरकार निर्माण भएको नौ महिनामा पनि धुलो, धुवाँ हटाउने सवालमा केही काम नभएकाले दबाबस्वरुप उक्त अभियान सञ्चालन गरिएको बताए उपप्रमुखलाई धुलो र मास्क बुझाइयोधर्नासँगै नेवि संघले महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौँका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क वितरण गरेका थिए महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो वितरण गरेका हुन् धुलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौँ उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धुलो बढेको भन्दै यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताए उपप्रमुख खड्गीले धुलोमुक्त काठमाडौँ महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको बताए धर्नामा नेवि संघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरु हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार १०:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार

१  काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएसँगै हैजा संक्रमितको संख्या १२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका

काठमाडौं । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य र गम्भिर आपत्ति

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५