बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो ?

काठमाडाैं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा बृद्धि भएको छ । बिहिवार प्रतितोला छापावाला सुनको प्रतितोला मुल्य ७० हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज तोलामा ७ सयले बृद्धि भइ प्रतितोला ७१ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार ९ सय रहेको पनि महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मुल्यमा पनि बृद्दि भएको छ । बिहिवार प्रतितोला चाँदीको मुल्य ८ सय ६० रुपैयाँ रहेको थियो । भने शुक्रबार तोलामा १० रुपैयाँले बृद्धि भइ प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?