तीन महिनाको प्रतिबन्धपछि मेस्सी फर्किए राष्ट्रिय टिममा

एजेन्सी । कप्तान लियोनल मेस्सी तीन महिनाको प्रतिबन्धपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् । ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन्

मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी टिममा राख्दै २६ सदस्सीय टिमको घोषणा गरेको छ । अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

महासंघमाथि भ्रष्ट्राचारको आरोप लगाएपछि कोपा अमेरिकाले गत साउनमा मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको थियो ।

ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले भ्रष्ट्राचारको आरोप लगाएका थिए । मेस्सीले तेस्रो स्थानको पदक लिन समेत अस्विकार गरेका थिए ।

प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तानले चिली, मेक्सिको इक्वेडर र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।

को-को छन् अर्जेन्टिनाको टिममा:

गोलकिपर : अगुस्टिन मार्चेसिन, योहान मुसो, इमिलिनो मार्टिनेज, इस्टेबन अन्ड्राड

डिफेन्डर : योहान फयथ, रेनजो सरभिया, निकोलस वटामेन्दी, जेर्मन पेजिला, मार्कोस रोजो, वाल्टर कानेमान, निकोलस ट्याग्लाफिको, नेहुन परेज, गुइडो रोड्रिगुएज

मिडफिल्डर : जिओभानी लो सेल्सो, लेन्ड्रो परेडेस, निकोलस डोमिनगुएज, रोड्रिगो डे पाउल, मार्कोस एकुना, रोबेर्टो परेयरा, लुकास वकाम्पस

फरवार्ड : लियोनल मेस्सी (कप्तान), सर्जियो अगुएरो, निकोलस गोन्जालेज, लुकास अलरियो, लुउटारो मार्टिनेज र पाउल डिबला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?