नेपालसँग सम्बन्ध जोडिएका बलिउड सेलिब्रेटी

एजेन्सी । बलिउडप्रतिको लगाव नेपालमा पनि निकै छ । नेपाली चलचित्र, गीत संगित होस् या दर्शकहरु नै बलिउडप्रति आर्कषित छ । त्यही बलिउडमा भने यस्ता धेरै सेलिब्रेटीहरु छन् जसको नेपालसँग कुनै न कुनै रुपमा सक्रिय रहेका छन् माला सिन्हाः कुनै सयममा बलिउडकी चर्चित नायिका माला सिन्हा नेपाली हुन भन्ने त धेरैलाई थाहा भएकै कुरा हो । उनका बुवा नेपाली क्रिश्चियन हुन् । माइती घर नामक चलचित्रमा काम गरेर बलिउडमा आफ्नो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुवै कमाउन सफल भइन् गोबिन्दा अहुजा : बलिउडका चर्चित नायक गोबिन्दा नेपालका ज्वाई हुन् । उनले नेपाली मधेशी मुलकी सुनितासँग बिवाह गरेका हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफ्नो ससुराली घर भएको बताउँछन् । उनले भारतको नेशनल टेलिभिजनमा विभिन्न कार्यक्रमा भाग लिन गएका नेपालीहरुको पक्षमा बोल्दै नेपाल आफ्नो ससुराली हो भन्न कत्ति हिच्किचाउँदैनन् भारती सिंह : भारतको चर्चित कमेडीयन भारती सिंहको रगतमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुवा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफ्नो नेपालसँग गहिरो सम्बन्ध भएको बताउने गर्छिन् अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसँग साईनो रहेको छ । उनको बुवा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफ्नो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् श्रृति झा :  टेलिभिजनकी चर्चित अनुहार श्रृति झालाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौ बसेकी थिईन्  बिहारमा जन्मिएकी श्रृतिले काठमाडौमा रहेको मोर्डन इण्डियन स्कुलमा आफ्नो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्यबाट विषेश चर्चा कमाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?