राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ल

काठमाडौं । कप्तानबाट पारस खड्काले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघ क्यानले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।

त्यस्तै उपकप्तानको जिम्मेवारी युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ । पारसको आधिकारिक राजीनामा दुई दिनअघिमात्र पाएको क्यानले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो । तर, खड्काले राजीनामा फिर्ता लिन अस्वीकार गरेपछि क्यानले नयाँ कप्तान तोकेको हो ।

केही साताअघि बसेको क्यान कार्यसमिति बैठकले कप्तानबारे निर्णय गर्न अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेलगायत पदाधिकारीलाई अधिकार दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?