माघ १५ गतेदेखि श्री इन्भेष्टमेन्टले हकप्रद जारी गर्ने

काठमाडौं, २८ पुस । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले माघ १५ गतेदेखि ८३ प्रतिशत हकप्रद जारी गर्ने भएको छ फाइनान्सले १० बराबर आठ दशमलव तीन कित्ताको अनुपातमा २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता सेयर हकप्रद जारी गर्न लागेको हो हकप्रद जारी गर्न कम्पनीले पुस ३० गते आईतबार सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार पुस २६ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् । हकप्रद आवेदन भर्ने अन्तिम दिन फागुन २० गते रहेको छ फाईनान्स कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रदमा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सकिन्छ त्यसैगरी, बिक्री प्रबन्धकको कार्यालय नक्साल काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंसहित शाखा कार्यलयबाट पनि हकप्रद सेयर भर्न सकिनेछ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई मंसिर १८ गते हकप्रद विक्री गर्न अनुमति प्रदान गरेको थियो चालु आवको प्रथम त्रैमासिक विवरण अनुसार श्री फाइनान्सको चुक्ता पूँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । ८३ प्रतिशत हकप्रद जारीपश्चात फाइनान्स कम्पनीको चुक्ता पूँजी ६२ करोड २१ लाख रुपैयाँ नाघ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?