२ लाख घुससहित पक्राउ परे श्रम कार्यालयका नायव सुब्बा

काठमाडौं, २८ पुस । श्रम कार्यालय ताहचलमा कार्यरत एक नायव सुब्बा पक्राउ परेका छन् श्रम कार्यालय ताहचलमा कार्यरत नायव सुब्बा खगेन्द्रप्रसाद गौतम २ लाख ३४ हजार घुस सहति पक्राउ परेका हुन् सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा गौतमलाई पक्राउ गरेको हो गौतमले श्रम सम्बन्धि काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेको थियो सेवाग्राहीको उजुरीको आधारमा गौतम गोगंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?