यसरी हटाउन सकिन्छ आँखा वरिपरि देखिने कालो धब्बा

गुलाव जल : कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस् र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस् काँक्रोः काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस् । त्यसपछि त्यसलाई आँखा वरिपरि करीब १०–१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुस् टमाटरः टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुस् । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्नुस् आलु: आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुस् । त्यसलाई बन्द आँखामाथि १५–२० मिनेटसम्म राख्नु । केही समय पछि सफा पानीले पखाल्नुस् । यसो गर्दा पनि डार्क सर्कल हट्छ पुदिना: पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुस् । करिब १०–१५ मिनेट पछि सफा पानीले पखाल्नुस् । यसले आँखाको डार्क सर्कल हटाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?