यसरी मनाउँदैछन् कलाकारले तिहार

काठमाडाैं । फूलैफूलको चाड तिहार शुरु भईसकेको छ । तिहार सबैलाई मनपर्ने चाड हो । गाउँघर देखी शहरबजारसम्म पनि झिलीमिली हुँने भएकाले यो पर्व सबैलाई मज पर्ने गर्दछ । देउसी भैलोको रौनकले तिहारलाई झनै महत्वपूर्ण बनाईदिएको छ । भाइटिकाका बेला दिदिबहिनीले दाजुभाईलाई दिने आर्शिवाद अझ महत्वपूर्ण छ । यो निकै महत्वपूर्ण अवसरमा राष्ट्रका गहना कलाकारहरुले के गर्दैछन् ? कँहा र कसरी तिहार मनाउँदै छन् भन्ने चासो सबैको हुँन सक्छ । यसै विषयलाई मध्यनजर गर्दै हामीले केहि कलाकारको तिहारको योजनाका विषयमा कुराकानी गरेका छौं ।

केकी अधिकारी, नायिका
नायिका केकी अधिकारीले यसपालिको तिहार काठमाडौंमा मनाउँदै हुनुहुन्छ । दशैँभन्दा बढी तिहार मन पर्ने बताउने नायिका अधिकारी दाजुभाइ पनि काठमाडौंमै रहनुभएको छ । तिहारमा गाई, कुकुर र कागको पूजा सम्मानपूर्वक गर्ने भएकाले पनि उहाँलाई तिहार विशेष लाग्ने गरेको हो । झिलिमिली बत्ती, रंगोलीसँगै देउसीभैलो खेलेको हेर्दा बढी रमाइलो लाग्ने उहाँको भनाई छ ।

राजनराज शिवाकोटी, गायक / संगीतकार
पछिल्लो समयका निकै लोकप्रिय संगीतकार एव गायक राजनराज शिवाकोटीको यसपालिको तिहार काठमाडौंमै हुनेछ । शिवाकोटीलाई पनि दशैं भन्दा तिहार मन पर्छ । काठमाडौंमा पनि तिहारमा रमाइलो हुने गरेको उहाँ बताउँनुहुन्छ । तिहारका बेला नराम्रो लाग्ने चिज केहि नभएको शिवाकोटीको भनाई छ ।

शिव परियार, गायक
गएको ५ वर्षदेखि काठमाडौंमै तिहार मनाईरहेका गायक शिव परियारको यसपालीको तिहार पनि काठमाडौंमै बित्नेछ । चाडपर्वका बेला परिवारसँगै खुशी साटासाट हुने भएकाले तिहार गायक परियारलाई रमाइलो लाग्छ । धनकी देवी लक्ष्मीको अनुष्ठान गर्ने प्रचलन तिहारको राम्रो पक्ष भएको उहाँको बुझाई ।
झिलीमिली बत्तीको लहरले गाउँशहर नै उज्यालो हुने र सांस्कृतिक पर्व देउँसीभैलोले भाइचाराको सम्बन्ध गाँस्ने हुँदा तिहार उहाँलाई मनपर्छ । चाडपर्व हो भन्दै जुवातास खेल्ने र झैझगडा गर्ने क्रियाकलाप उहाँलाई मन पर्दैन ।

नीता ढुंगाना, नायिका
नायिका नीता ढुंगानाले यसपालिको तिहार हेटौंडामा वित्नेछ । हेटौंडा नायिका ढुंगानाको जन्म स्थान भएकाले पनि यो वर्षको तिहार उतै मनाउँने योजना वनाएको उहाँले जानकारी दिनुभयो । तिहार आफैमा निकै महत्वपूर्ण चाड हो । त्यसमा पनि नायिका ढुंगानालाई टीका लगाएर खुसी साट्ने तथा दीर्घायुको विषय एकदमै मनपर्ने गर्दछ ।

कुलेन्द्र विक, लोकदोहोरी गायक

लोकदोहोरी गायक कुलेन्द्र विकको यसपालिको तिहार काठमाडौंमा हुनेछ । पर्वत घर भएपनि उहाँ तिहारका बेला काठमाडौंमै हुनेछन् । रङगीचङगी तिहार कुलेन्द्रलाई मन पर्छ । सानै छँदा गाउँमा देउँसी भैलो खुब खेल्ने गरेको उहाँको भनाई थियो । चाडबाडमा उहाँलाई भड्किलो रुपमा तिहार मनाउन नहुने उहाँको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?