आयो ‘चच हुईं’ को ट्रेलर (भिडियो)

काठमाडौं । चलचित्र ‘च च हुईं’ को ट्रेलर सार्वजनिक गरिएको छ । साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रको ट्रेलर शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो

। आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रको ट्रेलरमा कमेडी, रोमान्स र एक्सन देख्न सकिन्छ । मिरुना र आर्यनको प्रेम देखाइएको चलचित्रलाई निर्देशक भुटियाले सम्पादन गरेका हुन् ।

यस्तै चलचित्रलाई सुसान प्रजापतिले खिचेका हुन् । अमृत गोले लामाको लगानी रहेको यो चलचित्र मंसिर ६ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?