‘धूम ४’ मा देखिँदैछन् अक्षय कुमार ?

अक्षय कुमार स्टारर ‘हाउसफूल ४’ रिलिजसँगै बलिउडमा हल्ला चलेको छ कि, अक्षयले फिल्म ‘धूम ४’ मा खलनायकको भूमिका निभाउँदैछन् । यो खबर बाहिर आएसँगै यशराज फिल्मसलाई फोन आउन थालेका छन् । अक्षय कुमार ‘धूम ४’ मा शीर्ष भूमिकामा हुने र उनले खलनायकको भूमिका निभाउने चर्चा एकाएक मिडियामा छाएको थियो ।

तर यशराज फिल्मसले भने यो खबर सरासर झूठो भएको बताएको छ । खबर भाइरल भएसँगै यशराज ब्यानरले यो खबर गलत र आधारहीन भएको बताएको हो । ‘धुम’ फ्रेन्चाइज यो ब्यानरको सबैभन्दा महत्त्वपूर्ण फिल्म पनि हो ।

प्रोडक्सन हाउसले यस्तो खबर प्रकाशन गर्दा एकपटक भेरिफाइ गर्न समेत अनुरोध गरेको छ । मिडियामा खबर फैलिएको थियो कि, अक्षय कुमारलाई ‘धूम ४’ का लागि फाइनल गरिएको छ ।

केही समयअघि अक्षय कुमार दक्षिण भारतीय चलचित्र ‘२.०’ मा नकारात्मक भूमिकामा देखिएका थिए ।

यद्यपि भारतीय मिडियाले स्रोतको हवाला दिँदै ‘धूम ४’ मा अक्षय कुमार हुने खबर भने लेख्न छोडेका छैनन् । स्रोतको दाबी गर्दै फिल्ममा मानुषी छिल्लर समेत अनुबन्ध हुन सक्ने खबर भारतीय मिडियाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?