१६ असार २०७९, बिहीवार

शव फेला

२०७४,पुष,२८,शुक्रवार ०७:११

0
Shares

जितपुर, कपिलवस्तु, २८ पुस – यहाँ खोलाको बगरमा एकजना पुरुष मृतावस्थामा फेला परेका छन् दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी आज बिहान बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए दाङ घरबाट दुई दिनअघिदेखि हराइरहेका चौधरी आज मृतावस्थामा फेला परेका हुन् । चौधरी झारफुक गर्न भनी यहाँको वाणगंगा नगरपालिका–९ रामदतिवन धाम आएको र बिहीबार साँझ आफूसँग घर जान्छु भनी हिँडेको धामका भोलेबाबाले जानकारी दिए । चौधरीले मादकपदार्थ सेवन गर्ने गरेको साथै उनलाई मृगी रोगसमेत भएको बताइएको छ अत्यधिक मादकपदार्थ सेवन र बिरामीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव आजै परिवारको जिम्मा लगाइने बताइएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार ०७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ

सिन्धुली । गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो गएको

काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने

काठमाडौं । सुर्खेत र मकवानपुरमा अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मसुरीखेतबाट ६ ग्राम

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१