२१ असार २०७९, मंगलवार

शुक्लाफाँटामा जलपक्षी गणना

२०७४,पुष,२८,शुक्रवार ०७:०७

0
Shares

कञ्चनपुर, २८ पुस- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका छन् प्रत्यक्ष अवलोकन र वाइनाकुलरको सहायताले गरिएको गणनाका क्रममा हाँस प्रजाति १५, गरुड प्रजाति पाँच, बकुल्ला १२, जलेवा दुई, सारस एक, हुटिट्याउँ चार, सिसिडिया पाँच र गंगा चिल एकलगायतका प्रजाति फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले शुक्लाफाँटामा जलपक्षीको संख्या प्रतिवर्ष बढ्दोरुपमा रहेको उहाँले बताए । उत्तरी ध्रुवमा चिसो बढेपछि चिसो छल्नका लागि बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, ताल तलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्छन् हिउँदका बेला साइबेरियालगायत क्षेत्रमा चिसो अत्यधिक हुने र आहारको कमी हुने भएकाले जाडो छल्नका लागि यसतर्फ चराहरु आउने गरेका हुन् । यसै क्षेत्र भएर जलपक्षी भारत, बंगलादेश र श्रीलंकालगायतका देशमा समेत जाने गरेका छन् निकुञ्जको रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा जलपक्षीकोे चहलपहलमा बढोत्तरी भएको छ । प्रतिवर्ष कात्तिकदेखि नै आगन्तुक चरा यहाँ आउने क्रम शुरु हुन्छ सिमसार क्षेत्रमा बच्चा कोरलेर चरा चैतदेखि जेठसम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । निकुञ्जमा रहेका प्राकृतिक तालको व्यवस्थापन र कृत्रिम पोखरी निर्माणले चरा आउने क्रममा विगतको तुलनामा बढोत्तरी भएको गणनामा संलग्नको भनाइ छ गणनाका क्रममा एउटै तालमा ३० देखि १५० प्रजातिका चरा एकसाथ देखापरेका छन् । शुक्लाफाँटा निकुञ्जसँगै चौधर नदी, महाकाली नदी, सनवोरा, दोदा स्याली नदी, बन्दाताल र प्याराताल क्षेत्रमा समेत जलपक्षीको चहलपहलमा वृद्धि भएको छ गणनाका क्रममा देखापरेका केही हाँस प्रजाति, बकुल्ला प्रजाति, जलेवा, सारस, हुटिट्याउँलगायत रैथाने प्रजातिका हुन् भने हाँस, बकुल्ला प्रजातिका अधिकांश चरा आगन्तुकका रुपमा रहेका छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये शुक्लाफाँटामा ४२४ प्रजातिका चरा पाइने गरेका छन् जसमध्ये सारस, खरमजुर, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडीफोर चरा यहाँ पाइने गरेको छ । जलपक्षी गणनामा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन र चरा विशेषज्ञ हेमसागर बरालको संलग्नता रहेको थियो ।

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार ०७:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सर्लाही । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने

धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणाममा स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको

दाङ । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउपालिका–६ बिजुलीकोटमा ९ जना घाइते भएका

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५