छमछमीको अन्तिम प्रतिस्पर्धा शनिबार, विजेताले पाउनेछन् यति धेरै पुरस्कार

काठमाडौँ-नेपाल टेलिभिजनको मौलिक ‘मेगा डान्स रियालिटी शो’ रियो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ । नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटिभी कोहलपुरले शनिबार राति प्रत्यक्ष प्रसारण गर्नेछन् ।

२०७५ साल कात्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका सात वटै प्रदेशका ११ स्थानमा प्रतिस्पर्धीको छनोट गरिएको थियो । काठमाडौँ, विर्तामोड, इटहरी, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका छनोट शत्रमा सयौँको सहभागिता थियो ।

छनोटका विभिन्न चरण पार गर्दै आएका प्रतियोगीमध्येबाट हाल पाँचजना प्रतियोगी अन्तिम प्रतिष्पर्धामा छन् । तिनै प्रतियोगीबाट एसएमएस भोटिङको आधारमा एक जना विजेता छानिनेछन् भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिनेछन् । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाका दीलमाया लिम्बू, महोत्तरीका नेशन सुस्लिङ मगर, मकवानपुरका सन्ध्या आचार्य र पोखराका सपना धाही थापा छन् ।

प्रतियोगिताको विजेताले अल्टो के १० कार प्राप्त गर्नेछन् भने फस्ट रनरअपले रु पाँच लाख बराबरको र सेकेण्ड रनरअपले रु तीन लाख बराबरको उपहार प्राप्त गर्नेछन् । यसैगरीे उत्कृष्ट सात जनाले रु एक एक लाख बराबरको उपहार प्राप्त गर्नेछन् । यस प्रतियोगिताका निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुइँटेल रहेका छन्।

नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले विसं २०६६ लमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुआत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?