पहिलो नेपाल लोक स्टारको उपाधी शनि विश्वकर्माको पोल्टामा

काठमाडौं । लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को उपाधी रोल्पाका शनि विश्वकर्माले प्राप्त गर्नुभएको छ ।

शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट विश्वकर्मा नेपालकै पहिलो लोक स्टार बन्न सफल बन्नु भएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नुभएको छ ।

यसका साथै उहाँले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि प्राप्त गर्नुभएको छ । यस्तै चेतन गोतामे, विनोद दनुवार र रामकुमार नेपाली क्रमशः दोस्रो, तेस्रो र चौथो बन्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?