इशाले जितिन् ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’ को उपाधि

गोरखा, २८ पुस । गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्नुभएको छ । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन् नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज पहि¥याइदिए साथै, निर्णायकले नगद र जिन्सी गरी रु एक लाख बराबरको पुरस्कार इशालाई दिए । सौन्दर्यकला व्यवसायी संघले गरेको प्रतियोगितामा २० जना प्रतिस्पर्धी सहभागी थिए ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनर अप हुँदै नगद र जिन्सी गरी रु ५० हजार बराबरबाट पुरस्कृत भए भने सेकेण्ड रनर अप बसपार्ककी विष्णु घलेले रु ३० हजार बराबरको र थर्ड रनर अप चाइनीज धाराकी सिर्जना मगरले नगद र जिन्सी गरी रु १० हजारभन्दा बढीले पुरस्कृत भएका थिए सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले आफूहरुले दुःख गरी पहिलो पटक मिस गोरखाको सफल आयोजना गरेको भन्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?