बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौं, २८ पुस । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ गएराति भएको खेलमा सेल्टा भिगोलाई ५–० ले हराउदै बार्सिलोनाले अन्तिम आठमा ठाउँ सुरक्षित गरेको हो बार्सिलोनाको जीतमा लियोनेल मेस्सीले दुई, योर्डी अल्बा, लुईस स्वारेज र ईभाँ राकिटिचले १–१ गोल गरेका थिए पहिलो लिगमा १–१ गोलको बराबरी खेलेको बार्सिलोना गएरातिको जीतसँगै समग्रमा ६–१ को नतिजा सहित अन्तिम आठमा पुगेको हो त्यस्तै, गएरातिकै खेलमा लेभान्टेलाई हराउदै इस्पानियोल र काडिजलाई हराउदै सेभिया पनि क्वाटरफाइनलमा पुगेका छन् । रियल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, एलाभेस र लेगानेस यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?