सनफ्लो सनफ्लावर तेलको खरिदमा कम्पनीले ल्यायो यस्तो अफर

काठमाडौं । हामीले दैनीक प्रयोग गर्ने आयल इन्डस्ट्रिजप्राली द्वारा उत्पादित ‘सनफ्लो सनफ्लावर’ तेलकाे खरीदमा हिराको हार र हिराको सेट जित्ने अफर ल्याएको छ।

कार्तिक ६ गते बुधबारदेखि लागू भएको यो योजना अन्र्तगत उपभोक्ताले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट किनेर प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस गर्नुपर्नेछ।

लक्की ड्र मार्फत प्रत्येक १५ दिनमा १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्ने स्वस्तिक आयलले जनाएको छ।

साथै ‘बम्पर लक्की ड्र’ अन्तर्गत ३ महिनापछि हिराको नेकलेस सेट जित्न सक्नेछन्।

३ महिनासम्म मात्र लागू हुने यो योजना अन्तर्गत हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल किनेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?