१६ असार २०७९, बिहीवार

मन्त्रिपरिषद् बैठक जारी, तोकिएला त प्रदेश प्रमुख र प्रदेश राजधानी ?

२०७४,पुष,२८,शुक्रवार ०५:३३

9
Shares

काठमाडौ, २८ पुस । प्रदेश प्रमुखको नियुक्ति र प्रदेश राजधानी तोक्ने लागायतका विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बिहान नौ बजेपछि बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न गृहकार्य थालेको छ। कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रियाको थालनी गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ प्रमुखको नियुक्ति आजको बैठकको मुख्य एजेन्डा भएको बताइएको छ । दलीय सहमति गरेर प्रदेश प्रमुख तोक्ने तयारी गरेपनि सहमति जुट्न सकेको छैन । संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ त्यस्तै, बैठकले प्रदेश सम्पर्क कार्यालय खोल्ने तयारीसमेत गरेको छ आज बस्ने मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयबाट पेस भएको कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि स्वेच्छिक अवकाशसम्बन्धी प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले स्वेच्छिक अवकाशसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ शुक्रबार नै राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयन गर्ने तयारी गरिएको जानकारी दिए कर्मचारी समायोजन ऐन अनुसार, ऐन जारी भएको तीन महिनाभित्र स्वेच्छिक अवकाशका लागि सूचना जारी गर्नुपर्ने प्रावधान छ समायोजन ऐन गत २९ असोजमा जारी भएको थियो । सोहीअनुसार सामान्य प्रशासन मन्त्रालयले शुक्रबार नै राजपत्रमार्फत सूचना जारी गरी स्वेच्छिक अवकाशको प्रक्रिया थाल्ने गृहकार्य अघि बढाउने भएको छ मन्त्रालयले स्वेच्छिक अवकाशका लागि आवेदन दिने सयम ४५ दिन प्रस्ताव गरेको छ । सामान्यको सो प्रस्तावअनुसार राजपत्रमा सूचना जारी भएको ४५ दिनभित्र स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीले आवेदन दिइसक्नुपर्नेछ । सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐन अनुसार स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीका लागि विभिन्न सर्त तथा सुविधा तयार पारेको छ त्यस्तै, सामान्य प्रशासन मन्त्रालयका अनुसार ऐनअनुसार ५० वर्ष पुगेका र २० वर्ष सेवा गरिसकेका कर्मचारीहरू स्वेच्छिक अवकाश कार्यक्रममा सहभागी हुन सक्नेछन् । ऐन बमोजिक संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र निवृत्तिभरण पाउने बमोजिम स्वेच्छिक अवकाश लिने कर्मचारीमध्ये नेपाल स्वास्थ्य र व्यवस्थापिका संसद् सेवाका कर्मचारी र २०४९ साल कात्तिक २१ भन्दाअघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ६० वर्ष उमेर नलाग्ने गरी र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्नेहरूको हकमा ५८ वर्ष उमेर नलाग्ने गरी सेवा अवधि थप गरी स्वेच्छिक अवकाश दिइने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार ०५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अहिले मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको बताएका छन् । आज ६४औँ संसद दिवसको अवसरमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटघाट भएको छ ।

काठमाडौं । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईराला पक्षको बैठक बस्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र

ताजा समाचार

एनआरटी र कारो एफसी भिड्दै
 २०७९,असार,१६,बिहीवार १२:२९
ओली भेट्न बालकोट पुगे वामदेव
 २०७९,असार,१६,बिहीवार १२:२७
यस्तो छ विदेशी मुद्राको विनिमयदर
 २०७९,असार,१६,बिहीवार १२:२१