तिहार नजिकिएसँगै बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । बिहिबार छापावाला सुनको प्रतितोला मुल्य ७० हजार ४ सय रहेको थियो ।

साथै तोलामा ६ सयले बृद्धि भई शुक्रबार ७१ हजार रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको प्रतितोला मुल्य आज ७० हजार ७ सय रहेको छ ।

बिहिबारको तुलनामा शुक्रबार चाँदीको मुल्यपनि बढेको छ । हिजो प्रतितोला चाँदीको मुल्य ८ सय ५० रुपैयाँ रहेको थियो । भने आज तोलामा १० रुपैयाँले बृद्धि भइ प्रतिोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?