पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु : नगर प्रमुख

बाजुरा, २८ पुस- बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरको आर्थिक विकासका लागि भएका स्रोतसाधनको प्रयोग गर्ने बताएका छन बिहीबार ऐसावादी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारण सभाको कार्यक्रममा आगामी दिनमा सहकारी र विद्युत् नै आर्थिक समृद्धिको आधार हुने बताए उनले नगरपालिकाको विकासका लागि पाँच वर्ष नगरवासीका लागि नै खर्चने बताए । नगरवासीले नियमित विद्युत् प्रयोग गर्न नपाएका कारण आगामी दिनमा विद्युत् उत्पादन गर्ने संस्थासँग सहकार्य गरी ५०० मेगावाटको विद्युत् निर्माणका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाए उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, डोटी र विश्व बैंकको एक टोली बडीमालिका नगरपालिका–६, कोर्धमा रहेको कोर्धालीगाड लघुजलविद्युत्को अनुगमनमा यही माघ १५ आउने भएकाले उहाँहरुसँग पानीको क्षमता हेरी विद्युत् निकाल्न सहयोगका लागि अपिल गर्ने बताए नगर प्रमुख बडुवालले सहकारीमार्फत आयआर्जनका कार्य गर्न आग्रह गर्नुभएको छ । बडीमालिका नगरपालिका–६ कोर्धमा आलु खेतीको प्रशस्त सम्भावना रहेकाले सबैले व्यावसायिक बन्नुपर्नेमा जोड दिए । उनले केरा, कागती र अन्य फलफूल खेती गर्न सकिने भएकाले कृषकले व्यवसाय गर्दै आर्थिक समृद्धि ल्याउनुपर्ने बताए सहकारीले बचत र ऋण लगानी मात्र गर्ने नभई उत्पादनमुखी कार्यमा लाग्नुपर्ने नगर प्रमुख बडुवालले भने । तरकारी खेती र अन्य आयआर्जनका कार्य गरे सहकारी उत्पादनमुखी बन्नेमा आफु विश्वस्त रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?