भारतबाट भित्रियो अवैध रूपमा लाखौँ माला, बालाजु औधोगिक क्षेत्रमा राखिएको तथ्य फेला

काठमाडौं । तिहार नजिकिएसँगै फूल तथा मालाको व्यापारले यतिबेला बजार तातेको छ । स्वदेशी उत्पादनले नपुगेर धेरै मात्रामा छिमेकी मुलुक भारतबाट पनि ल्याउने गरिएको छ । यसैक्रममा कतिपय त भन्सार छलि गरेर नेपालमा भित्रिने गरेको पाइएकाे छ ।

फूल व्यवसायीहरूको संगठन फ्लोरिकल्चर एसोसिएसनले मंगलबार अवैध रुपमा फूल तथा माला भित्रिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्धा समेत दर्ता गरेका छन् ।

उनीहरुका अनुसार भारतबाट अबैध रुपमा लाँखौ मालाहरु ल्याइ बालाजु औधोगिक क्षेत्रभित्र संकलन गरेर राखिएको पाइएको छ ।

अवैध रुपमा त्यँहा राखिएको मालाहरुको फोटो समेत खिचेर उनीहरुले सरकारलाइ बुझाइसकेको बताएका छ ।

साथै त्यसको विषमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र ललितपुर, भन्सार विभाग र वाणिज्य विभागमा पनि व्यवसायीको निवेदन परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?