‘मिष्टर नेपाली’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मिष्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा अभिनेता भूवन केसीलाई दोहोरो भूमिकामा देखिएको चलचित्र कार्तिक २९ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

देव भुषालको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा साहिल श्रेष्ठ, कुसुम राउत, सरोज खनाल, विष्णु सापकोटालगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?