सिस्नोपानी नेपाल नेताहरुको भजनमण्डली भएको कलाकार सिम्खडाको टिप्पणी

काठमाडौं । कलाकार शैलेन्द्र सिम्खडाले सिस्नोपानी नेपाल नेताहरुको भजनमण्डली भएको टिप्पणी गर्नुभएको छ ।

सिस्नोपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा गर्दै आएको व्यङ्ग्यात्मक देउसीभैलो कार्यक्रमबाट बाहिरिएसंगै कलाकार सिम्खडाले ‘सिस्नोपानी नेपाल जस्तो एक राम्रो संस्था भजनमण्डली बनेकोमा आफूलाई सारै दुःख लागेको बताउनुभएको हो ।

सिस्नोपानी टीमले सुरुमा सिम्खडालाई प्रस्तुतिका लागि तयारी गर्न भनेपनि हाल आएर टीममा नलिने जानकारी गराएको हो । आफ्नो व्यङ्ग्यले नेताहरुको चाकडीमा बाधा पर्ने देखेर आफू अलग हुने निर्णयमा पुगेको कलाकार सिम्खडाले प्रतिक्रिया दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?