‘लोक स्टार’को ग्रान्ड फिनाले आज, कस्ले चुम्ला उपाधी ?

काठमाडौं । मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले आज काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा हुँदैछ।

दिउँसाे ४ बजेबाट साँझ ८ बजेम्म फिनाले चल्नेछ भने उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ । ‘नेपाल लोक स्टार’मा रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे गरी चार जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन् ।

‘नेपाल लोक स्टार’का अनुसार कात्तिक ८ गतेसम्म स्रोता तथा दर्शकको प्राप्त भोटका आधारमा विजेता घोषणा गरिनेछ । ‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?