‘पोई पर्यो काले’ आजबाट दशैभर

काठमाडौं । दीपक मनाङ्गेले निर्माण गरेको चलचित्र ‘पोई पर्यो काले’ आजबाट प्रदर्शनमा आउँदैछ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्र कमेडी र प्रेमकथाले भरिएको निर्माण युनिटले दाबी गरेको छ ।

केही समय अघि रिलिज गरिएको ट्रेलरमा कालो वर्णको केटा मन नपराउने एक युवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई देखाउने प्रयत्न गरिएको छ । चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको छ भने फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।

किरण नेपालीले प्रस्तुत गरेको चलचित्र ‘पोई पर्यो काले’ को निर्माता सरोज नेपाली र दिपक मनाङ्गे तथा अमलादेवी राई यसकी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?