चर्चित र्‍यापर भिटेनविरुद्द यस्तो मुद्दा चलाइने !

काठमाडौं । चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक भिटेन बिहिबार पक्राउ जाउलखेलबाट पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

महाशाखाका अधिकारीका अनुसार पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा प्रयोग भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको हो ।

पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?