स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई आकर्षक अफर

काठमाडौँ, २८ पुस- सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने बताए निजामती सेवा ऐनको दफा १३ मा ‘समायोजन हुन नचाहने पचास वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका कुनै पनि कर्मचारीले नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित सर्तबमोजिम स्वेच्छिक अवकाश लिन सक्नेछन्’ भन्ने व्यवस्था छ । सो ऐनले त्यसरी अवकाशमा जाने कर्मचारीलाई सात वर्षको पेन्सन सुविधा एकमुष्ट रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ जसअनुसार , मासिक २५ हजार तलब सुविधा खाने कर्मचारीको उमेर ५० वर्ष पूरा भएको छ र उसले अवकाशमा जान चाहेमा उसले एकमुष्ट आठ लाख ४० हजार रुपैयाँ पाउनेछ । यस्तो हिसाब निकाल्दा हरेक कर्मचारीको आखिरी तलबलाई २० ले गुणा गरिन्छ र आएको गुणनफललाई ५० ले भाग गरिन्छ । यहाँ अंक २० सेवा अवधि हो भने अंक ५० उमेरहद हो । त्यसक्रममा आउने अंकलाई सात वर्षको ८४ महिनाले गुणन गर्दा जति अंक आउँछ, त्यो अंकबराबरको रकम ती कर्मचारीले पाउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?