काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’लाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक भिटेन पक्राउ जाउलखेलबाट पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले भिटेन उर्फ समीर घिसिङलाई नियन्त्रणमा लिएको हो।
भिटेनले गाएका गीतले समाज भड्किलो बनाएको र अश्लिल शब्दहरु राखेको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको जावलाखेलबाट उनलाई पक्राउ गरेको हो ।
महाशाखाका अधिकारीका अनुसार गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको पाइएकोले पक्राउ गरिएको हो । गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेका छन्।
यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरि सार्वजनिक माफी मगाएर छाडेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया