काठमाडौँ, २८ पुस- सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी तोक्ने काममा ढिलाइ गर्दै गएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएका छन् । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले दुवै विषयमा निर्णय गर्ने अनुमान गरिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले नियमित विषयमा मात्र निर्णय हुने बताए, नयाँ पत्रिकामा खबर छ निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण प्रदेश प्रमुख नियुक्त नहुँदासम्म आयोगले प्रदेश सभाको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्दैन निर्वाचन आयोगले प्रदेश प्रमुखलाई निर्वाचन परिणाम नबुझाएसम्म प्रदेश सभाका लागि निर्वाचित जनप्रतिनिधि वैधानिक रूपमा प्रदेश सभाको सदस्य बन्न सक्दैनन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यहरू मतदाता हुने व्यवस्था छ । तर, प्रदेश प्रमुख नतोक्दा २४ माघका लागि घोषणा भएको निर्वाचनसमेत प्रभावित हुन्छ संविधानमा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले शपथग्रहण गराउने व्यवस्था छ । शपथग्रहणपछि मात्र प्रदेश सभाका लागि निर्वाचित जनप्रतिनिधि राष्ट्रिय सभा निर्वाचनको मतदाता बन्न सक्नेछन् । तर, प्रदेश प्रमुख नहुँदासम्म शपथग्रहणको प्रक्रिया अघि बढ्न सक्दैन प्रदेश प्रमुख नियुक्त नहुँदासम्म प्रदेश सभाका लागि निर्वाचित जनप्रतिनिधिले वैधानिक हैसियत पाउँदैनन् । प्रदेश सभासमेत गठन हुन सक्दैन । प्रदेश सभा नहुँदासम्म प्रदेश सरकार गठनको प्रक्रिया नै सुरु हुन सक्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया