नेपाली बजारमा नक्कली चुरोट छ्याप छ्याप्ती, कहाँबाट भित्रियो ?

काठमाडौं । नेपाली बजारमा चुरोट पनि नक्कली पाउन थालिएको छ । शिखर ब्रान्ड र सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी ब्राण्डको चुरोटकाे डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको पाइएको छ ।

मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएतापनि बजारमा मानीएकाे चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको छ।

बजारमा छ्याप छयाप्ती मात्रामा हेर्दा उस्तै देखिएने चुरोटहरु बिक्रि वितरण भइरहेको बजार अनुगमनले देखाएको छ । सूर्य नेपाल कम्पनी प्राइभेट लिमिटेडका बजार प्रवक्ता प्रकाश भण्डारीका अनुसार हेर्दा उस्तै देखिएपनि चुरोट खाएपछि यसको गुणस्तर सजिलै फेला पार्न सकिने सकिन्छ । साथै ‘६ महिनादेखि नक्कली चुरोटको तस्करी भइरहेको छ र दुई तीन महिनाको अवधिमा मात्रै पाँच करोडभन्दा बढीको नक्कली चुरोट धनुषालगायत छिमेकी जिल्लामा बिक्री भएको पनि उहाले बताउनुभयो ।

नेपालमा उत्पादन भइ बिक्रि हुने खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट तस्करहरूको मध्यमबाट भारतबाट भित्र्याएर अवैध धन्दा चलाएको भेटिएको हो । नक्कली चुरोटको कारोबार भइरहेको जानकारी आएपछि प्रहरी र भन्सारले धनुषाका केही स्थानमा छापा मारेर नक्कली चुरोट बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?