प्रकाश सपुतदेखी दुर्गेससम्मका तिहार गीत जस्को चर्चा धेरै भयो

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो तिहारको अवसरमा नेपाली सांगितिक बजारमा प्रस्तुत भएका मध्ये केहि गीतले अहिले निकै चर्चा पाईरहेका छन् ।

यहि वर्षको तिजमा बिचबिचमा गीत गाएर हिट भएका गायक दुर्गेसको ह्याप्पी तिहार गीत अहिले निकै चर्चामा छ । गीतको चर्चा यसकारण पनि भयो । गीतका केहि शब्द विवादमा तानिए र प्रहरीसम्म पुग्नुपर्ने अबस्थाको श्रृजना भयो ।

पछि दुर्गेसले गीत सामाजिक सञ्जाल युट्युवबाट हटाउने प्रहरी समक्ष सहमति भयो । त्यसको २४ घण्टा नवित्दै दुर्गेसको गीत विबादित शब्दमा विप राखेर फेरी युट्युवमा आयो । त्यस पछि गीतको चर्चा झनै बढी छ ।

यस्तै कलाकार सरिता लामिछाने र प्रकाश सपुतद्वारा अभिनित गीत टीकामालाको चर्चा भने फरक छ । रमेश बिजीका शब्द रहेको गीतमा बिबि अनुरागीको संगीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ । गीतमा पारिवारिक समस्याले गर्दा कुलतमा फसेका प्रकाशलाई दिदी सरिताले वास्ता गर्न छाडेर तिहारमा समेत आउँदिन भनेपछिको अबस्थालाई चित्रण गर्न खोजिएको छ । गीत निकै राम्रो भएको दर्शले प्रतिक्रिया दिएका छन् ।

यस्तै कलाकार सरिता लामिछाने अभिनित अन्य गीत पनि युट्युव मार्फत सार्वजनिक भएका छन् । ती गीतहरुले पनि राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?