NULL

सिरहा, २८ पुस- मानिसलाई खाल्टोमा गाडियो भने कति मिनेट बाँच्न सक्छ ? सायद सबैको उत्तर एउटै हुन्छ, दुई-तीन मिनेट। तर, सिरहाको नवराजपुर गाउँपालिका १ तामासुइया चोकमा एक युवकलाई खाल्टोभित्र गाडेको सात घण्टापछि जीवितै निकालिएको छविश्वास नै नलाग्न सक्छ। तर खाल्टोभित्रै सात घण्टा बिताएर भारत मधुवनी जिल्ला बसहा गाउँका अन्दाजी २० वर्षीय जितेन्द्र मण्डलले अनौठो कला देखाएका हुन्अन्नपूर्ण पोस्ट लेख्छ- खाल्डोमा पस्नुअघि उनले मुखको विभिन्न ठाउँमा सुई पनि रोपेका थिए। दिउँसो ३ बजे उनलाई खाल्टोमा गाडिएको थियो। सात घण्टापछि राति १० बजे खाल्टोबाट उनको जीवितै उद्धार गरिएको हो। उनलाई हेर्न स्थानीय सयौँ मानिसको घुइँचो लागेको थियो। उनको अनौठो कलाले सबै चकित भएका छन्स्थानीय जयनाथ यादवका अनुसार मण्डलसहित पाँच जनाको टिम विगत ६ दिन अगाडिदेखि तामासुइयामा विभिन्न अनौठो खेल प्रदर्शन गर्दै आएका छन्। ‘बुधबार अन्तिम दिन ठूलो खाल्टो खनेर मण्डललाई माटोले पुरियो’, उनले भने, ‘हामी गाउँलेलाई डर पनि लागेको थियो। तर उनीहरुले केही हुँदैन भनेपछि गर्न दियौं। सात घण्टापछि खाल्टोबाट मण्डललाई फेरि जीवितै निकालियो।’सात घण्टासम्म माटोमा गाडेपछि जोकोही बाँच्न सक्दैन्। उनीहरुले जादु कलाले मानिसलाई सात घण्टासम्म खाल्टोमा राख्ने गरेको नवराजपुर १ का वडाध्यक्ष रामऔतार यादवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?