तिहार विशेष गीत ‘मखमली’ (भिडियोसहित)

काठमाडौं । शुभ दिपावलीको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द, संगीत रहेको गीतलाई प्रभावन जे, सरोज लामिछाने र सपना गुरुङको आवाज रहेको छ ।

गीतको म्युजिक एरेन्ज जीवन वडु र मिक्सिङ मनोज डंगोलले गर्नुभएको छ । म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय रहेको छ ।

प्रभावन जे स्वंमको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं, कला राजाराम गौतम, व्यवस्थापन कृष्ण गौतमलगायतको रहेको छ । म्युजिक भिडियो डीएआर मुभिजको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?