‘घामड शेरे’ को रिलिज डेट पछाडी धकेलियो

काठमाडौं । चलचित्र ‘घामड शेरे’को रिलिज डेट पछाडी धकेलिएको छ ।

यही कात्तिक ८ गते रिलिज हुने भनिएको चलचित्र ‘घामड शेरे’ कात्तिक २२ गते पुगेको हो । अपेक्षित ‘शो’ नपाए पछि चलचित्रको प्रदर्शन मिति पछि सारिएको वितरक कम्पनी स्टेशन फाइभले जनाएको छ ।

हेमराज बिसीले निर्देशन गरेको ‘घामड शेरे’ मा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?